काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनअन्तर्गत काठमाडौँको भृकुटीमण्डपमा जारी बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो अवधारणापत्र राखेका छन् ।
बन्द सत्रको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले धारणा राखेपछि नेता पोखरेललाई बोल्न समय दिइएको थियो ।
पोखरेलले बन्द सत्रमा यसअघि सार्वजनिक भएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको अवधारणा पत्र वाचन गरेका हुन् ।
शुक्रबार बसेको सचिवालय बैठकले पोखरेललाई आफ्नो पालोमा अवधारणापत्र राख्न दिने सहमति भएको थियो । पोखरेलको अवधारणा पत्रमा पार्टीको लोकतान्त्रिकरण माथि प्रश्न उठाइएको छ ।
