• Friday 16th of October 2026

हाम्रो तर्फबाट लगभग सबैको टुंगो लागिसकेको छ : गोकर्ण विष्ट


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा ईश्वर पोखरल समूहको प्यानलले आफ्नो तर्फबाट उठ्ने पदाधिकारीको टुंगो लगाएको छ ।

सो समूहले अध्यक्षमा पोखरेल र महासचिवमा सुरेन्द्र पाण्डेलाई अघि सारेको नेता गोकर्ण विष्टले जानकारी दिए । सो प्यानलले उपाध्यक्षम विष्टलाई अघि सारेको छ ।

त्यस्तै उपमहासचिवमा योगेश भट्टराई अघि सारिएको नेता विष्टले सञ्चारकर्मीलाई जानकारी दिए । उनले भने, हाम्रो तर्फबाट लगभग सबैको टुंगो लागिसकेको छ ।

अध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा सुरेन्द्र पाण्डेको टुंगो लगाइसकेका छौँ । म उपाध्यक्षमा छु । उपमहासचिवमा योगेश भट्टराई अघि सारेका छौँ । यो प्रतिस्पर्धामा हामी सबैलाई एकताबद्ध बनाएर जान्छौ’ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖