काठमाडौँ । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनमा प्रकाश पौडेलले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा दिएका छन् ।
एमालेको ११औँ महाधिवेशनमा पौडेलले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् । गण्डकी प्रदेशतर्फ युवा क्लस्टरबाट उनले खुला सदस्यमा दर्ता गराएका हुन् ।
म्याग्दीका पौडेल जुझारु युवाका रूपमा चिनिन्छन् । गत जेठमा सम्पन्न अनेरास्ववियुको महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी पौडेलले ७ मतले पराजित भएका थिए ।
अनेरास्ववियुको महाधिवेशनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार सुजन कडरियालाई घोषणा गरिएको थियो । पौडेलले चुनौती दिँदै मैदानमा उत्रिएका थिए ।
अनेरास्ववियुको स्कुल कमिटीदेखि क्याम्पस जिल्ला प्रदेश हुँदै केन्द्रीय सचिव र प्रवक्ता जिम्मेवारी निभाएका पौडेल धौलागिरी अञ्चलमा केपी वलिको विद्यार्थीको विचार समूह स्थापित गरेका थिए ।
११औँ राष्ट्रिय महाधिवेशनबाट एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएमा जेनजी पुस्ताले उठाएका माग र मुद्दाहरू जोडदार रूपमा उठाउने बताएका छन् ।
