• Friday 16th of October 2026

ओलीको प्यानलमा रघुजी पन्त र सुहाङ नेम्वाङलाई राखियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेको निर्वाचनमा प्यानलगत प्रतिस्पर्धा हुँदा रघुजी पन्त र सुहाङ नेम्वाङलाई केपी शर्मा ओलीको टीममा राखिएको छ ।

यसअघि पन्तले उपाध्यक्षमा ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएको बताइएको थियो । तर, मंगलबार ओली पक्षले प्यानलको सूची प्रतिनिधिहरुलाई पठाउँदा पन्तको नाम राखिएको छ ।

यस्तै सोमबार स्वतन्त्र उम्मेदवारी दिएका सुहाङलाई पनि ओलीको प्यानलबाट खुला केन्द्रीय सदस्यमा राखिएको छ ।

सुहाङ स्वर्गीय नेता सुवास नेम्वाङका छोरा हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖