• Friday 16th of October 2026

एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज, १५ जनाको उम्मेदवारी फिर्ता


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये दुई जनाकाे उम्मेदवारी खारेज गरिएकाे छ ।

पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार दुई जनाकाे उम्मेदवारी खारेज गरिएकाे हाे ।

केन्द्रीय सदस्यका उम्मेदवार पासाङ् शेर्पा र धर्मलाल गिरीकाे उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिए ।

यस्तै एक उपमहासचिवसहित १५ जनाले उम्मेदवारले फिर्ता लिएका छन् । उपमहासचिव पदमा उम्मेदवारी दिएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

एमालेको भृकुटीमण्डपमा जारी महाधिवेशनको आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ । निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधिले भाग लिँदैछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖