• Friday 16th of October 2026

राति मतदान हुँदा अप्रिय घटना नहोस् भन्ने कामना छ: योगेश भट्टराई


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेतृत्व चयनका लागि हुने मतदान ५ बजेसम्म हुनुपर्ने भए पनि ढिलाइ भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले मतदान राति हुँदा अप्रिय घटना हुने आशंका गरेका हुन्। त्यस्तै उनले अप्रिय घटना नहोस् भन्ने कामना पनि गरे।

‘राति हुँदा अप्रिय घटना हुन्छ कि भन्ने हाम्रो आशङ्का हो। यद्यपि यसमा हामी सचेत छौँ। तर, बाध्यता छ,’ उनले भने, ‘कुनै अप्रिय घटना नघटी यो सकियोस् भन्ने मेरो कामना छ। त्यो हुन्छ भन्ने विश्वास पनि छ।’

भट्टराईले निर्वाचन आयोगले‍ अपराह्न ५ बजेसम्म मतदान सुरु गर्न ताकेता दिए पनि यो अहिले सम्भव नहुने अवस्थामा पुगेको बताए।

‘निर्वाचन आयोगको भनाइ अनुसार ५ बजे मतदान हुने समय भनिएको छ। तर यो हुने देखिएन। अब राति मतदान सुरु हुने कुरा छ,’ उनले थपे, ‘अर्कोतर्फ, यो ठाउँ आजको लागि मात्र हाम्रो छ। भोलिबाट यो अरु कसैको हो। त्यसैले आजै सक्नुपर्ने बाध्यता रहेको निर्वाचन आयोगले हामीलाई भनेको छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖