काठमाडौँ । अभिनेता प्रदीप खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन् ।
उनले मंगलबार नख्खु कारागार पुगेर लामिछानेलाई भेट गरेका हुन् ।
लामिछानेले सम्झिएपछि आफू भेट्न गएको खड्काले बताएका छन् ।
करिब ४५ मिनेटको भेटमा उनीहरूबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ ।
