• Friday 16th of October 2026

मतदान गर्न लाइनमा बसेकालाई ओलीले भित्र बोलाए


  • धनकुटा खबर
  • .

नेकपा एमालेका अध्यक्ष तथा नयाँ कार्यकालका अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले मतदानका लागि बाहिर लाइनमा बसेकाहरुलाई हलभित्र बोलाएका छन् ।

उनले हलभित्रै महधिवेशन प्रतिनिधिहरुलाई सम्बोधन गर्न लागेको र त्यसैका लागि भित्र बोलाएको एक नेताले बताए ।

नेताहरुका अनुसार आजै रातिदेखि मतदान सुरु गर्ने भनिएपनि अब ओलीले सम्बोधन गरेर मतदान भोलिसम्मका लागि स्थगित गर्ने तयारी भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖