काठमाडौँ । सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पक्राउ परेका उपाध्यक्ष राज कुमार तामाङ लामा दोषी ठहरिए बचाउको प्रयास नगर्ने बताएका छन् ।
सो पार्टी उपाध्यक्ष लामालाई मंगलबार कपनबाट सीआईबीले पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ गरेको थियो ।
उपाध्यक्ष पक्राउ परेपछि अध्यक्ष साम्पाङले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’हाम्रो उपाध्यक्ष दोषी ठहर हुन्छ भने हामी बचाउको प्रयास गर्ने छैनौँ । तर निर्दोष हुन् भने अन्याय र प्रतिशोधको विरोध हुने नै छ । जय माटो,जय देश ।’

