• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

यी हुन् विश्वमा सबैभन्दा धेरै मांसाहारी खाना खपत हुने १० देशहरू


  • धनकुटा खबर
  • .

काठमाडौँ । विश्वभर मांसाहारी खाना (ननभेज फुड) लाई निकै रुचिका साथ खाइन्छ र यसलाई पौष्टिक पनि मानिन्छ । यद्यपि, ननभेज र भेज खानाको बहस सधैँ चलिरहन्छ, किनकि शाकाहारी मानिसहरू भोजनका लागि जनावरहरू मार्ने कुराको विरुद्धमा छन् ।

यस्तोमा भिगन समुदाय पनि छ, जसले समय–समयमा प्रदर्शन पनि गरिरहन्छन् । तर पनि विश्वभर मांसाहारी खाना खानेहरूको कमी छैन ।

के तपाईंलाई थाहा छ, कुन देशमा सबैभन्दा बढी मांसाहारी खाना खाइन्छ ? विश्वको तथ्यांकअनुसार खाद्य र कृषि संगठन (एफएओ)को रिपोर्टमा आधारित भएर वर्ल्ड अफ स्ट्याटिस्टिक्सले हालै सार्वजनिक गरेको १० देशहरूको सूची यहाँ प्रस्तुत गरिएको छ, जहाँ सबैभन्दा बढी ननभेज खाना खपत हुन्छन् ।

१. अमेरिकाः ९७ प्रतिशत
२. ब्राजिलः ९६ प्रतिशत
३. अस्ट्रेलियाः ९५ प्रतिशत
४. रुसः ९४ प्रतिशत
५. चीनः ९३ प्रतिशत
६. जापानः ९२ प्रतिशत
७. अर्जेन्टिनाः ९१ प्रतिशत
८. फ्रान्सः ९० प्रतिशत
९. जर्मनीः ८९ प्रतिशत
१०. मेक्सिकोः ८८ प्रतिशत

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖