• Friday 16th of October 2026

एमाले महाधिवेशन: मतदानका लागि लाइन लागे प्रतिनिधि


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि मतदान गर्न नेता कार्यकर्ता लाइन लागेका छन् ।

मतदान बिहान ८ बजेदेखि सुरु हुने बताइए पनि केही ढिलाइ भएको छ ।

यसअघि मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण आज मात्र मतदान हुन लागेको हो । मङ्गलवार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि राति ८ बजे भोलि मतदान हुने भन्दै फर्काइएको थियो ।

निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग हुँदा समस्या देखिएपछि उक्त समस्या समाधान गरेर आज मतदान हुन लागेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖