• Friday 16th of October 2026

हर्क साम्पाङको एक्सन: पक्राउ परेका उपाध्यक्ष देवराज लामा निलम्बित


  • धनकुटा खबर
  • .

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टीका उपाध्यक्ष देवराज लामालाई निलम्बन गरेका छन् ।

बम विस्फोटको पुरानो घटनामा संलग्न भएको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेपछि बुधबार साम्पाङले भिडियो सन्देशमार्फत पार्टीको निर्णय र आफ्नो विचार व्यक्त गरेका हुन्।

साम्पाङले राज्यको अनुसन्धानलाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै उपाध्यक्ष लामालाई अनुसन्धान नटुंगिएसम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको घोषणा गरेका छन्।

मेयर साम्पाङले आफू सधैं ‘गलतलाई गलत र सहीलाई सही’ भन्ने पक्षमा रहेको स्पष्ट पार्दै राज्यले गर्ने अनुसन्धानमा कुनै पनि किसिमको दबाब वा प्रभाव नपार्ने बताएका छन्। उनले भने, ‘राज्यले निष्पक्ष छानबिन गरोस्। उहाँ (देवराज लामा) दोषी पाइएको खण्डमा कानुन बमोजिम कारबाही हुनुपर्छ। यसमा हाम्रो केही भन्नु छैन।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖