• Friday 16th of October 2026

एमाले महाधिवेशनः मतदान कार्य सुस्त, ६ घण्टामा खस्यो जम्मा छ सय ५० मत


  • धनकुटा खबर
  • .

काठमाडौं, २ पुस । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान कार्य जारी रहेको छ ।

कूल ८० वटा मेसिन प्रयोग गरेर भइरहेको मतदानमा ६ घण्टाको अवधिमा जम्मा ६ सय ५० जना महाधिवेशन प्रतिनिधिहरुले मतदान गरेको बताइएको छ । गत मंसिर २७ गतेबाट सुरु भएको एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत मतदान आज विहान ९ बजेबाट सुरु भएको थियो ।

महाधिवेशनमा कूल २ हजार २ सय ६३ जना प्रतिनिधि रहेका छन् । एक जना मतदातालाई मत हाल्न करिब ३० मिनेटको समय लाग्ने आँकलन गरिएको छ । मतदान कार्य निरन्तर अगाडि बढिरहेको छ । मतदान सकिँदा रातिको १० बज्न सक्ने आँकलन गरिएको छ ।

एमालेको राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल समूहले प्यानल नै बनाएर प्रतिस्पर्धामा होमिएका छन् । उनीहरुबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖