• Friday 16th of October 2026

एमाले निर्वाचन : ४ बजेसम्म ७ सय मत खस्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा अहिलेसम्म ७ सय मत खसेको छ ।

राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा ७ सय मत खसेको हो ।

निर्वाचनमा दिउँसो ४ बजेसम्म लगभग एक तिहाई मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए ।

एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖