• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

जब एमाले उम्मेदवारलाई भोट हाल्न ३ घण्टासम्म लाग्यो…


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ । बुधबार बिहानदेखि सुरु भएको मतदान अझै सकिएको छैन ।

२ हजार २ सय ६३ मतदातामध्ये ५० प्रतिशतले आफ्नो मत खसालिसकेका छन् । तर ११औँ महाधिवेशनमा उठेका उम्मेदवारहरूलाई भोट हाल्न ९ मिनेटदेखि ३ घण्टासम्म लागेको निर्वाचन आयोग स्रोतले बताएको छ ।

आयोग स्रोतले भन्यो,’३ घण्टा लगाएर पनि भोट हाले । कसैले ९, १० मिनेटमा पनि भोट हाले । बिहान सम्मै लाग्ने भयो ।’

एमालेको नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल मैदानमा छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖