काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदाताहरूले मत खसालिरहेका छन् । मंगलबार हुने भनिएको मतदान बुधबार बिहान ९:१५ बजेबाट भृकुटीमण्डपमा सुरु भएको थियो ।
सुरुमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मत खसाले । उनीहरुले मत हाल्न एक घण्टा भन्दा बढी समय लगाए ।
भोट हालेपश्चात् ओली केही फोटो सेसन(ज्योति मगरदेखि कोमल वली) मा गफिए । मतदान एकदमै सुस्त भइरहेको थियो । ईश्वर र उनको टीम निरन्तर मत माग्न मैदानमा थियो । अहिले केपी शर्मा ओली मतदानस्थलमा पुगेका छन् ।
यस्तै एउटै व्यक्तिले तीन घण्टा भन्दा बढी समय लगाएर मतदान गरेका निर्वाचन आयोगले जनाएको छ । चिट चोरेर(लिस्ट हेरेर) भोट हाल्दा ढिला भएको आयोगले बताएको छ ।
