काठमाडौँ । नेकपा एमाले ११औँ राष्ट्रिय महाधिवेशनको मतदान सम्पन्न भएसङ्गै मुचुल्का उठाउने काम सुरु भएको छ ।
मतगणना सुरु भएको तीन घण्टामा सम्पुर्ण मतपरिणाम आईसक्ने जानकारी निर्वाचन आयोगले दिएको छ ।
कुल मतदाता २ हजार २६३ रहेकोमा २ हजार २२७ मत खसेको थियो । ३६ जना मतदान प्रक्रियामा सहभागी भएका थिएनन् ।
बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सकिएको हो ।
