• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट, अर्का प्रतिनिधि भन्छन्– निदाएर छुटेँ


  • धनकुटा खबर
  • .

नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा अनौठो घटना सार्वजनिक भएको छ। केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र अर्यालले मतदान नगरेको केन्द्रीय निर्वाचन आयोगको विवरणमा देखिएको छ।

प्रेस चौतारीका पूर्वअध्यक्ष तथा गुल्मीका नेता अर्यालले आफूले ‘नो भोट’ प्रयोग गरेको बताएका छन्। ओली पक्षको सूचीमा नपरेपछि उनले मतदानमा सहभागी नभई घर गएर सुतेको स्वीकार गरेका छन्।

यता, महाधिवेशन प्रतिनिधि घनश्याम कोइरालाले पनि आत्मालोचना गर्दै भनेका छन्, ‘केही साथीहरूलाई समय सङ्केत गर्न अनुरोध गरेर राति घर गएको थिएँ ।

बिहानै पुग्दापुग्दै ढिलो भयो । मतदान सकियो भन्ने सूचना भएपछि बाटोबाटै घर फर्किएँ । भएको यही हो । गल्ती भएकै हो । लज्जित र आत्मालोचित छु।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖