काठमाडौं । नेकपा एमालेको मतगणना कार्य सुरु हुने प्रक्रियामा छ ।
निर्वाचन आयोगका अनुसार, अहिले धमाधम विद्युतीय मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । केहीबेरमा मतगणना सुरु हुनेछ । आयोगका अनुसार, ८० मध्ये ७० वटा मेसिनबाट चिप्स निकालिसकिएको छ ।
अब १० वटाको मात्रै बाँकी छ । त्यसलगत्तै मतगणना सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार, सबै परिणाम एकैसाथ सार्वजनिक गर्ने तयारी छ ।
