काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि भइरहेको मतगणनामा अब १०८८ मतको परिणाम आउन बाँकी छ ।
११३९ को गणनामा ८७ मतान्तरसहित अगाडि रहेका महासचिवका उम्मेदवार शंकर पोखरेललाई त्यसपछिको गणनामा प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले उछिन्दै लगेको एक मतगणकले नेपाल प्रेसलाई बताए ।
अबको मत परिणाम अन्तिम हुने भन्दै ती मतगणकले महासचिवमा पाण्डेले नतिजा उल्टाउन सक्ने दाबी गरे ।
‘विभिन्न बुथमध्ये सबै बुथमा पोखरेलको मत घट्दो र पाण्डेको बढ्दो पाइन्छ’, उनले भने, ‘अंकमा भन्न एकछिन पर्खिनुपर्छ, तर सम्भावना पाण्डेकै बलियो देखिन्छ ।’
