• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

पाँच घण्टादेखि काठमाडौं विमानस्थलमै रोकिए रवि लामिछाने


  • धनकुटा खबर
  • .

बुटवल । रुपन्देहीको भैरहवा विमानस्थलमा कुहिरो लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौंमै रोकिएका छन् । शुक्रबार (पुस ४) बिहान करिब ७ बजेदेखि उनी त्रिभुवन विमानस्थलमै रोकिएका ‘जेनजी’ अगुवा पुरुषोत्तम यादवले जानकारी दिए ।

यादव पनि लामिछानेसँगै भैरहवा जान लागेका छन् । शुक्रबारै बिहान उनी रास्वपामा प्रवेश गरेका हुन् । शुक्रबार मध्याह्न करिब साढे १२ बजेसम्म उनीहरू काठमाडौंमै छन् ।

“रवि दाइसँग म विमानस्थलमै छु । भैरहवामा कुहिरो लागेर भिजिबिलिटी कम भएपछि उहाँ बिहान ७ बजेदेखि काठमाडौं एयरपोर्टमै रोकिनुभएको छ । जहाज डिले भएको छ । अब कति बजे जाने भनेर फिक्स भएको छैन,” उनले बाह्रखरीसित भने ।

यादवका अनुसार, बिहान ७ः५५ बजेको बुद्ध एयरको फ्लाइटबाट लामिछाने भैरहवा जान टिकट काटिएको थियो । बिहीबार (पुस ३) उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई बिगो रकमबराबरको धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यही प्रक्रिया पूरा गर्न नक्खु कारागारबाट निस्किएर उनी रुपन्देही जिल्ला अदालत जान लागेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖