काठमाडौँ । भैरहवा विमानस्थल बाक्लो हुस्सुका कारण नखुलेपछि रास्वपा सभापति रवि लामिछानेलाई भरतपुर हुँदै रुपन्देहीतर्फ लगिएको छ ।
लामिछाने सवार बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चितवनको भरतपुर उडेको छ ।
केन्द्रीय कारागारका डीएसपी जेसी शाहले लामिछानेलाई लिएर गएका हुन् ।
शुक्रबार बिहान ८ बजे नै विमानस्थलमा उपस्थित गराइए पनि भैरहवाको मौसम नखुलेका कारण लामिछाने लामो समय विमानस्थलमा रोकिएका थिए ।
