• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

रविमाथि प्रतिशोध साँधिएकै हो : स्वर्णीम वाग्ले


  • धनकुटा खबर
  • .

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले पुराना राजनीतिक दलहरूले गरेका गलत क्रियाकलापलाई ललकारेकै कारण रविमाथि प्रतिशोध साँधिएको बताएका छन्।

आज आयोजित पार्टी प्रवेश कार्यक्रममा वाग्लेले पुराना पात्र र प्रवृतिका विरुद्ध बोलेका कारण पुराना दलहरूले रविमाथि प्रतिशोध साँधेको प्रमाणित हुँदै गएको उनले बताए।

उनले भने, “रास्वपा सभापतिले गरेको साहस आम युवाका लागि अनुकरणीय छ।” युवा शक्तिलाई उत्पादनमा जोड्नुपर्नेमा विदेशिन बाध्य पारिएको उनको भनाइ छ।

रास्वपाले प्रवासमा रहेका युवाहरूसँग भएको पूँजी र दक्षतालाई स्वदेशमा उपयोग गर्ने गरी योजना अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖