पोखरा । नेपाली कांग्रेसले अनुशासनको कारबाही गरेका पूर्वमन्त्री कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने भएका छन् ।
खड्कालाई कांग्रेसले १ वर्षसम्म साधारण सदस्य समेत नरहने गरी कारबाहीको निर्णय गरेको थियो । हालका प्रदेश मन्त्री विन्दुकुमार थापासँग उनको टकराब ‘क्लाइमेक्स’ मा पुगेको थियो ।
थापालाई निर्वाचनमा हराउन भूमिका खेलेको आरोप खड्कालाई छ । २०७९ को निर्वाचनपछि केही सुस्ताएका खड्कालाई असार अन्तिममा साधारण सदस्यबाटै निष्कासन गर्ने अनुशासन आयोगले निर्णय गरेको हो ।
पार्टीको कारबाहीपछि असन्तुष्ट बनेका खड्काले आगामी १९ गते पोखरामा एक विशेष कार्यक्रमबिच रास्वपा प्रवेशको घोषणा गर्ने तयारी गरेका हुन् ।
