• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

नेपाली कम्युनिष्ट पार्टीले आज काठमाडौंमा ‘एकता सन्देश सभा’ गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस ५ । नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता सन्देश सभाको आयोजना गर्दैछ ।

बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र उपत्यका विशेष प्रदेश समितिद्वारा संयुक्त रूपमा आयोजना गरिने सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायत नेताहरूले सम्बोधन गर्नेछन् ।

हालै गरिएको वाम शक्तिबीचको एकतापछि विभिन्न प्रदेश तथा जिल्लामा गरिएको एकता सन्देश सभा तथा त्यसले जनतामा आएको उत्साह, मुलुकको समसामयिक घटनाक्रमबारे शीर्षनेताहरूले सहभागी सबैलाई जानकारी गराउनेछन् ।

नेपाली कम्युनिष्ट पार्टीले यसअघि धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरधाममा एकता सन्देश सभा गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖