चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई विष भएका सर्पहरूले डसेको र त्यही विषय लिएर अहिले पनि आफू बाँचिरहेको टिप्पणी गरेका छन् ।
चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो टिप्पणी गरेका हुन् । हिजोमात्रै भैरहवा कारगारबाट रिहा भएका लामिछाने लगत्तै भएको पहिलो सभालाई सम्बोधन गर्ने क्रममा उनले आफूमाथि अन्याय भएको दोहोर्याए ।
‘आज पर्यन्त अन्यायका विरुद्धमा चितवनबासीले अझै पनि अन्यायका विरुद्ध यहीँबाट उठ्न, यो गुन तपाईंहरूले मलाई मात्रै होइन देशका लागि लगाउनुभएको छ ।
देशलाई तिर्ने तपाईंहरूको गुन संवाहक बनेर देशलाई तिर्नेछु,’ लामिछानेले भने, ‘मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा भएन तर यिनले मेरो शरीरमा दिएको विष बोकेर म आज पनि बाँचिरहेको छु । मेरो शरीरमाथि बसेको विष अझै पनि बाँकी छ । म यो विषय लिएर पनि लड्छु । जेनजी भाइबहिनीहरूको रगतको थोपा खेर जान दिन्नँ ।’
