• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

राप्रपा नेता रवीन्द्र मिश्र आगामी निर्वाचनका लागि काठमाडौँ- १ बाट उम्मेदवार सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौँ । राप्रपा नेता रवीन्द्र मिश्र आगामी निर्वाचनका लागि काठमाडौँ- १ बाट उम्मेदवार सिफारिस भएका छन् । शनिबार सो पार्टीको क्षेत्रीय कमिटीले मिश्रलाई काठमाडौँ–१ बाट उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।

कमिटीले मिश्रलाई पहिलो नम्बरमा राखेर सो क्षेत्रमा प्रत्यक्षतर्फ ३ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । प्रत्यक्षतर्फ सिफारिस हुनेमा रवीन्द्र मिश्र, रामेश्वर श्रेष्ठ, राम तन्दुकार रहेका छन् । मिश्र राप्रपाका वरिष्ठ उपाध्यक्ष हुन् ।

यसअघि उनी सोही क्षेत्रबाट पराजित भएका थिए । अहिले पनि उनी सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖