• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

सुदन गुरुङले सार्वजनिक गरे गृहमन्त्री अर्यालको नम्बर


  • धनकुटा खबर
  • .

काठमाडौं । द काउन्सिल अफ जेनजीका संयोजक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको मोबाइल नम्बर सार्वजनिक गरेका छन् ।

गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनमा सहभागी भएकै कारण पक्राउ परेका व्यक्तिहरूका परिवारले ‘सोझै गृहमन्त्रीलाई सम्पर्क गर्नू’ भन्दै उनले नम्बर सार्वजनिक गरेका हुन् ।

आइतबार (पुस ६) गुरुङले गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगाल र सचिव धीरज जोशीको नम्बर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । सरकारसँग सम्झौता हुँदा पनि प्रहरीले जेनजी आन्दोलनमा सहभागीविरुद्ध मुद्दा चलाउने क्रम नरोकेको उनले बताएका छन् ।

भ्रष्टाचारी र हत्यारालाई कारबाहीको दायरामा ल्याउन सरकार पछि हटेको उनले उल्लेख गरेका छन् । तर, आन्दोलनमा सहभागी भएकै आधारमा जेनजी प्रदर्शनकारीलाई धमाधम पक्राउ गरिएको उनले आरोप लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖