• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

सामूहिक गिरफ्तारी दिन भद्रकालीतर्फ लम्कियो मिराजको टोली, प्रहरीले माइतीघरमा रोक्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । जेन-जी अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा भइरहेको आन्दोलनमा प्रहरीले व्यापक धरपकड गरेको छ ।

निकोलस भुसालसहितका अभियन्ताहरूलाई पक्राउ गरिएपछि मिराजसहितका आन्दोलनकारी पनि सामूहिक गिरफ्तारी दिने प्रयासमा छन् ।

मिराजको टोली सामूहिक गिरफ्तारी दिने भन्दै प्रहरी वृत्त भद्रकालीतर्फ लम्किएको थियो । तर, माइतीघरमा प्रहरीले ब्यारिकेड लगाएर उनीहरूलाई रोकेको छ ।

अहिले उनीहरूले नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖