• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

नेतामाथि गोली प्रहार


  • धनकुटा खबर
  • .

ढाका । बंगलादेशमा शेख हसिनाविरोधी नेसनल सिटिजन्स पार्टी (एनसीपी) का नेता मोहम्मद मोतालेब शिकदरमाथि सोमबार दिउँसो गोली प्रहार भएको छ ।

दिउँसो १२ बजे खुलनामा रहेको उनको घरभित्र पसेर गोली प्रहार गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।

बंगलादेशी सञ्चारमाध्यमका रिपोर्टअनुसार हमलाकारीले मोतालेबको टाउकोलाई निशाना बनाएर गोली चलाएका थिए ।

गम्भीर घाइते भई भुइँमा ढलेका मोतालेबलाई वरिपरिका मानिसहरूले तुरुन्तै उठाएर खुलना मेडिकल कलेज अस्पताल पुर्‍याएका थिए, जहाँ उनको उपचार भइरहेको छ । प्रहरीका अनुसार सुरुमा उनको अवस्था निकै नाजुक थियो । डाक्टरहरूले गोली कानको छेउबाट पार भएको बताएका छन् । प्रहरी अधिकारी अनिमेष मण्डलले गोली दिमागसम्म नपुगेकाले उनको ज्यान जोगिएको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖