• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

मंगलबार सशक्त आन्दोलन गर्ने संयुक्त जेनजी आन्दोलनको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं। संयुक्त जेनजी आन्दोलनले आजको प्रदर्शनमा प्रहरी दमन भएको भन्दै गम्भीर आपत्ति जनाएकाे छ। आन्दोलनको तर्फबाट संयोजक मिराज ढुंगाना र आन्दोलन कमाण्डर सुनिल सिंहले संयुक्त विज्ञप्ति जारी गरेर आन्दोलनमा भएको दमनको निन्दा गरेका हुन्।

उनीहरुले आफूहरु सधैं वार्ता तथा सम्वादमार्फत आफ्ना जाय मागहरु समाधान गर्न सरकारसहित सबै सरोकारवाला पक्षहरुसँग सम्वादको ढोका खुला राखेको जनाएका छन्। तर, जबसम्म जेनजी आन्दोलनका मागहरु पूरा नभएसम्म आन्दोलन अझ संगठित र सशक्त रुपमा निरन्तर अघि बढ्ने उनीहरूकाे भनाइ छ।

शान्तिपूर्ण आन्दोलनलाई उत्तेजित बनाएर जेनजीमाथि दमन गरिएमा त्यसबाट उत्पन्न हुने सम्पूर्ण क्षतिको जिम्मेवारी सुशीला कार्की नेतृत्वको सरकारले लिनुपर्ने पनि संयुक्त जेनजी आन्दोलनको चेतावनी छ। आन्दोलन भोलि विहान ११ बजे एकताबद्ध हुँदै अझ सशक्त हुने भन्दै ढुंगाना र सिंहले सहभागी हुनको लागि सबैसँग अपिल गरिएकाे छ।

उनीहरुले संयुक्त जेनजी आन्दोलन डर, धम्की र दमनबाट विचलित नहुने पनि चेतावनी दिएका छन् । न्याय, समानता र उत्तरदायी शासन स्थापनाका लागि आफूहरुको संघर्ष जारी रहने उनीहरुको प्रतिबद्धता छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖