• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

रवि र बालेन शाह बीच चुनावी सहकार्यबारे छलफल


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ।

सोमबार काठमाडौंको कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम शाहको निवासमा दुई नेताबीच भेटवार्ता भएको रास्वपा प्रवक्ता मनिष झाले नागरिक न्युजलाई जानकारी दिए ।

स्रोतका अनुसार अहिले दुई पक्षबीच समसामयिक राजनीति र भावी सहकार्यका विषयमा छलफल जारी रहेको जनाएको छ।

भेटवार्तामा सभापति लामिछानेसँगै रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्याल सहभागी छन्। यस्तै, मेयर बालेन शाहको तर्फबाट उनका सहयोगी एवं वार्ता टोलीका संयोजक कुमार बेन (ब्यञ्जनकार) छलफलमा उपस्थित छन्।

स्रोतका अनुसार दुई नेताबीच आगामी निर्वाचनमा तालमेल र सहकार्य गर्ने विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ। समसामयिक राजनीतिक परिस्थिति र भावी योजनाका विषयमा उनीहरूबीच कुराकानी भइरहेको बताइएको छ।

सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका सभापति लामिछाने हालै रिहा भएपछि राजनीतिक भेटघाटमा तीव्र रूपमा सक्रिय भएका छन्।

रिहा भएलगत्तै उनले यो उच्चस्तरीय भेटघाट गरेका हुन्। यसअघि लामिछानेले आइतबार मात्रै प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए। सो क्रममा उनले वर्तमान सरकारलाई रास्वपाको साथ रहने बताएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖