• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

गगन थापाको किल्लामा लेटाङकी अनिता विमलीको इन्ट्री, राप्रपाबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस


  • धनकुटा खबर
  • .

लेटाङ । मोरङको लेटाङ नगरपालिका–८, जाँते माईती घर भएकि अनिता विमली काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस भएकी छन् ।

राप्रपाको युवा संगठनकी केन्द्रीय कोषाध्यक्षसमेत रहेकी विमलीलाई जेन–जी पुस्ताको प्रतिनिधित्व गराउँदै उम्मेदवारका लागि सिफारिस गरिएको पार्टी स्रोतले जनाएको छ ।

पार्टीले विमलीसहित आठ जनाको नाम उम्मेदवार सिफारिस सूचीमा समेटेको छ । सिफारिस हुने अन्य व्यक्तिहरूमा भुवन पाठक, डा. ठाकुरमोहन श्रेष्ठ, भीमसेन मैनाली, चम्पा अधिकारी, पुन्यप्रसाद श्रेष्ठ, विशाल गुरुङ र दीपकप्रसाद चौलागाईं रहेका छन् ।

उक्त निर्वाचन क्षेत्रबाट यसअघि २०७०, २०७४ र २०७९ सालमा नेपाली कांग्रेसका नेता गगन थापाले लगातार तीन पटक प्रतिनिधिसभा निर्वाचन जित्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖