• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकाले किन फिर्ता बोलायो नेपाल सहित ३० देशका राजदूतलाई


  • धनकुटा खबर
  • .

अमेरिकाले नेपालसहित ३० देशका राजदूतलाई फिर्ता बोलाएको छ। अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ३० देशका दूतावासबाट राजदूत र वरिष्ठ पदका कर्मचारीलाई फिर्ता बोलाएको हो।

जसमा नेपालसहित अल्जेरिया, बुरुन्डी, क्यामरुन, केप भर्डे, गाबोन, कोट डी’आइवर, इजिप्ट, माडागास्कर, मौरिसस, नाइजर, नाइजेरिया, रुवान्डा, सेनेगल, सोमालिया, युगान्डा, फिजी, लाओस, मार्शल टापुहरू, पपुवा न्यु गिनी, फिलिपिन्, भियतनाम, आर्मेनिया, उत्तरी म्यासेडोनिया, मोन्टेनेग्रो र स्लोभाकिया, ग्वाटेमाला र सुरिनाम रहेका छन्। यस निर्णयले सबैभन्दा बढी अफ्रिका महादेशका देशहरू प्रभावित भएका छन्। अफ्रिकाका १५ देशका राजदूतलाई फिर्ता बोलाइएको छ।

ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिलाई पूर्ण समर्थन गर्ने व्यक्तिहरूलाई मात्र अग्रपंक्तिमा राख्ने उद्देश्यले यस्तो कदम चालिएको बताइएको छ। आन्तरिक कर्मचारी सरुवाको बारेमा नाम उल्लेख नगर्ने सर्तमा बोलेका दुई विदेश विभागका अधिकारीहरूका अनुसार गत हप्ता नै २९ देशका राजदूतलाई जनवरीमा कार्यकाल समाप्त हुने जानकारी गराइएको थियो।

पूर्वराष्ट्रपति जो बाइडेन कार्यकालमा नियुक्त गरिएका राजदूतलाई ट्रम्प प्रशासनले आफ्नो कार्यकालको एक वर्षपछि फिर्ता बोलाएको हो। अरू राजनीतिक नियुक्तिहरु पनि खारेज गर्न सक्ने सम्भावना रहेको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖