• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

बालेनसँगको भेटवार्ताबारे के भन्छन् रवि लामिछाने ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँगको भेटवार्ताबारे प्रष्टीकरण दिएका छन् ।

मंगलबार चितवन अदालतमा तारेख लिन पुगेका लामिछानेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेयर शाहसँग भएको भेटवार्ताबारे जानकारी दिएका हुन् ।

लामिछानेले देशमा परिवर्तनका लागि जुटेका नयाँ र वैकल्पिक शक्तिहरूलाई संवादमार्फत एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताए । उनले यस भेटलाई सोही अभियानको एक महत्त्वपूर्ण कडीको रूपमा व्याख्या गरे ।

‘हामीले पहिलेदेखि नै भन्दै आएका छौँ कि परिवर्तनमा लाग्नुभएका नयाँ र वैकल्पिक शक्तिहरूलाई संवादमार्फत एकै ठाउँमा ल्याउने हाम्रो प्रयास हो,’ लामिछानेले भने, ‘यसलाई निष्कर्षमा पुर्‍याउने गरी अहिले संवाद सुरु भएको छ ।’

प्रधानमन्त्रीको साझा उम्मेदवारका विषयमा सोधिएको प्रश्नमा उनले अहिले नै त्यो चरणमा नपुगेको स्पष्ट पारे ।

उनले भने, ‘हामी अहिले नै त्यो चरणमा प्रवेश गरेका छैनौँ । पहिला त कुराकानी हुनुपर्‍यो, एक–अर्काको विचार र परिस्थिति बुझ्नुपर्‍यो । हतार नगर्नुस्, बिस्तारै राजनीतिक प्रक्रिया अगाडि बढ्छ ।’

लामिछानेले बालेन शाहबाहेक अन्य शक्तिहरूसँग पनि संवाद जारी रहेको जानकारी दिए ।

साेमबार रवि र बालेनबिच संवाद भएकाे थियाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖