• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

रमेश लेखकलाई ७ दिनभित्र बयान दिन आयोगको पत्र


  • धनकुटा खबर
  • .

काठमाडौँ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका उपस्थित हुन पत्र काटेको छ ।

आयोग स्रोतका अनुसार तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि आयोगले मंगलबार पत्र काटेको हो । पत्रमा लेखकलाई ७ दिनभित्र आयोगमा उपस्थित भएर बयान दिन भनिएको छ ।

लेखकपछि आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षतिको जाँचबुझ गर्न सुशीला कार्की नेतृत्वको सरकारले कार्की नेतृत्वमा ३ सदस्यीय आयोग बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖