• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ? भन्ने प्रश्नमा रवि लामिछानेको यस्तो जवाफ…


  • धनकुटा खबर
  • .

बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ? भन्ने प्रश्नमा रवि लामिछानेको जवाफ – ‘हामी त्यसचरणमा पुगेका छैनौँ । पहिले एक अर्कालाई बुझ्नुप¥यो । अरुसँग पनि कुरा भएको छ । सुदन गुरुङजीसँग, कुलमानजीसँग पनि कुरा गर्छौँ ।’

विगतमा रवि बालेनप्रति सकारात्मक देखिएता पनि बालेन भने उनीप्रति सकारात्कम छैनन् भन्ने भाष्य स्थापित छ । खासगरी गृहमन्त्री भएका बेला सुकुम्बासी समस्याको समाधान गर्ने मामिलामा रविबाट सहयोग नपाएपछि बालेन उनीप्रति रु*ष्ट थिए भन्ने गरिन्थ्यो । जेन-जी वि*द्रोहपछि सिर्जित मुलुकको विषम परिस्थिती र आगामी फागुन २१ मा हुने भनिएको चुनावको पृष्ठभूमिमा दुइबीच भएको यो भेटले सहकार्यको संकेत गरेको छ ।

रविको मु*द्दा किनारा नलाग्दासम्म आगामी निर्वाचनमा बालेनलाई प्रधानमन्त्रीको भावी उम्मेदवार भनेर चुनावमा जान रास्वपाको रणनीति देखिन्छ । यस्तो मनस्थितिमा बालेन होलान कि नहोलान ?

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖