काठमाडौं — पूर्वनवयुवराजधिराज हृदयन्द्रलाई देउडा गीत सुनाएर सामाजिक सञ्जालमा चर्चित बनेकी जुम्लाकी पञ्चकली बुढा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक उम्मेदवारका रूपमा सिफारिस भएकी छन्।
राप्रपा जुम्ला जिल्ला कार्यसमितिले उनलाई महिला कोटातर्फ पहिलो नम्बरमा अघि सारेको हो।
हृदयन्द्रको जुम्ला भ्रमणका क्रममा पञ्चकलीसँगको भेट र उनले सुनाएको गीतको भिडिओ भाइरल बनेपछि उनी चर्चामा आएकी थिइन्।
यसैबीच राप्रपाले उनलाई उम्मेदवार सिफारिस गरेसँगै राजनीति र सामाजिक सञ्जाल दुवै क्षेत्रमा तरंग मच्चिएको छ।
