• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बालेनसँग मध्यरातसम्मको छलफलमा को-को थिए सहभागी ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बुधबार मध्यरातसम्म विभिन्न क्षेत्रका सक्रिय तथा चर्चित व्याक्तिहरुसँग छलफल गरेका छन् । आफ्नै नेतृत्वमा राजनीतिक दल सक्रिय बनाउने लक्ष्यका साथ उनले सक्रियता बढाएका हुन् ।

बुधबार राति अबेरसम्म चलेको छलफलमा विभिन्न राजनीतिक दलका नेता, पूर्व कर्मचारीदेखि कलाकार र पत्रकारसम्म सहभागी थिए ।

छलफलको क्रममा बालेनले यसअघि निर्वाचन आयोगमा दर्ता भइसकेको देश विकास पार्टी र चुनाव चिन्ह लौरो नै प्रयोग गर्ने गरी टिम बनाएर अघि बढ्न लागेको सुनाएका थिए ।

‘पार्टीका लागि चाहिने मान्छेहरू कस्ता हुन्छन् भनेर छलफल भइरहेको छ,’ छलफलमा सहभागी एक सदस्यले भने ।

सो क्रममा प्रत्यक्ष लड्न सक्ने व्यक्तिहरूसँग बालेनले परामर्श लिएका थिए । डा भगवान् कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, सरसरफाई तथा युवा अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्व सचिव भीम उपाध्याय, पूर्व विवकेशील साझाका नेता मिलन पाण्डे, कलाकार निश्चल बस्नेत, पत्रकार ऋषि धमला, सञ्चार उद्यमी कैलाश सिरोहिया, सञ्चारकर्मी सुरजसिंह ठकुरी समेत छलफलमा सहभागी भएको बताइन्छ ।

बालेन आज पनि विभिन्न व्यक्तिहरूसँग छलफलमा जुटेका छन् । ललितपुरमा बिहान ११ बजेदेखि उनी छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖