• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

चितवन-२ मा सुनिल शर्माले चुनाव लड्ने मनशाय देखाएपछि नयाँ ठाउँको खोजीमा रवि


  • धनकुटा खबर
  • .

काठमाडौं, १० पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले चितवन–२ मा सुनिल शर्माले चुनाव लड्ने मनशाय व्यक्त गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ ठाउँ खोजिरहेको हुन सक्ने टिप्पणी गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछाने कांग्रेस नेता शर्मासँग प्रतिस्पर्धा गर्न डराएको हुन सक्ने बताएका हुन् ।

‘रवि लामिछानेजीको निर्वाचन क्षेत्रमा हाम्रो डा.सुनिल शर्मा चुनाव उठ्छु भनिसकेपछि सायद उहाँ डराएर त्यहाँबाट निस्किन खोज्नुभएको होला । सुनिल शर्माले हराइदिन्छु भन्नुभएको छ रवि लामिछानेलाई । पार्टीले मलाई मोरङमा नभएर चितवन २ मा टिकट दियो भने रवि लामिछानेलाई म पानी पिउन पनि म दिन्न भनेर भन्नुभएको छ,’– उनले भने ।

उनले कांग्रेस महामन्त्री गगन कुमार थापा काठमाडौं क्षेत्र नं. ४ बाट चुनाव लड्ने बताउँदै नेता शिवाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सो निर्वाचन क्षेत्रमा स्वागत रहेको बताए । काठमाडौं क्षेत्र नं. ४ का जनता महामन्त्री थापालाई विजयी गराउनका लागि आँतुर रहेको पनि उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖