• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बालेन र रविलाई दबाब दिन गेटमा ताला लगाउँदै सुदन गुरुङले के भने ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीचको भेटवार्ता चलिरहँदा बाहिर भने रोचक दृश्य देखिएको छ। दुई नेताबीच सहमति नजुटेसम्म कोठाबाट बाहिर निस्कन नदिने भन्दै जेनजी अभियन्ता सुदन गुरुङले बाहिरबाट गेटमा ताला लगाइदिएका छन्।

भेटवार्ता चलिरहेको स्थानको घरको मुख्य गेटमा ताला लगाउँदै गुरुङले दुई नेता मिलेर मात्र बाहिर आउनुपर्ने सर्त राखेका छन्। सार्वजनिक भएको भिडियोमा गुरुङले भनेका छन्,‘हाम्रो दुईजना नेताहरू भित्र हुनुहुन्छ। जबसम्म दुईजना मिल्नुहुन्न, तबसम्म यो गेट खोलिँदैन। हामीले यहाँ ताला लाएर राखिराछौँ।’

गेटमा ताला लगाएपछि गुरुङले आफूहरू अहिलेको लागि ‘गार्ड’ बसेको बताएका छन् । उनले भने, ‘हामी मेयर साब र रवि लामिछाने दुवैजना भित्र हुनुहुन्छ। हामी यहाँ गार्ड हौँ, कोही पनि भित्र छिर्दैन, कोही पनि बाहिर जाँदैन।’

दुई नेताबीच कुरा नमिल्दासम्म ताला नखोलिने अडान गुरुङले लिएका छन्। भिडियोमा उनले भनेका छन्, दुवैजना भित्र छन्। मिलेर मात्र आउँछन्, नत्र आउँदैनन्। कुरा नमिलेसम्म यत्तिकै हो, चाहे जाडो होस् वा रात परोस्।’

भित्र रहेका दुई नेताले साँचो मागेको खण्डमा के गर्ने भन्ने प्रश्नमा गुरुङले साँचो आफूहरूले लुकाइसकेको प्रतिक्रिया दिए। ‘साँचो त हामीले बोकिसक्यौँ,’ उनले भने।

आगामी निर्वाचनमा सहकार्यको प्रयासस्वरुप रवि र बालेनबिच बिहीबार ललितपुरस्थित बालेनका सहयोगी कुमार बेनको घरमा वार्ता चलिरहेको बेला सुदन पुगेका थिए । सुदनले दुई नेता मिल्नुपर्ने भन्दै दबाब दिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖