• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बालेनलाई लक्षित गर्दै ओलीले भने:देशका चर्तित भनेका मान्छे नसामा उत्रिन्छन्


  • धनकुटा खबर
  • .

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवाहरू नसाबाट टाढा बस्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित एमालेको स्वयं सेवक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै युवालाई दुर्व्यसनमा फस्न नहुने बताए। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहतर्फ लक्षित गर्दै देशका चर्चित युवा नसामा उत्रिएको आरोप लगाए।

‘देशका चर्चित भनेका मान्छे नसामा उत्रिन्छन्। चर्चित बनाएका मान्छे नसामा हुन्छन्,’ ओलीले भने, ‘हाम्रा युवा त्यस्तो कुनै दुर्व्यसनमा छैनन।’
अध्यक्ष ओलीले दुर्व्यसन त्याग्न पनि आग्रह गरे। ‘मेरो भनाइलाई ईख मानेर (नसा) छोड्नुभयो भने म धेरै खुशी हुन्छु,’ उनले भने।

युवालाई दुर्व्यसनतर्फ नलाग्न ओलीले सुझाव दिए। एमाले स्वयं सेवकलाई स्वयं सेवक भएर काम गरिरहेको वेला पार्टीको प्रचार नगर्न पनि आग्रह गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖