• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

हर्क साम्पाङले बालेन शाहलाई नभेट्ने,भने:लुकेर देश खरानी बनाउने गेमरसँग हर्क साम्पाङ भेट्दैन


  • धनकुटा खबर
  • .

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहप्रति कटाक्ष गरेका छन्।

बालेनले मिडिया ट्रायल गरेको आरोप उनले लगाएका छन्। साथै हर्कले बालेनलाई गेमरको संज्ञा समेत दिएका छन्। उनले बालेनले जेनजीलाई दुरुपयोग गरेको र लुकेर देश खरानी बनाएको आरोप लगाए। हर्कले यस्ता क्रियाकलाप गरेकासँग आफूले नभेट्ने समेत बताए।

सामाजिक सञ्जालमा हर्क लेख्छन्, ‘मिडिया ट्रायल गर्न छोड! जेनजीलाई दुरुपयोग गर्ने र लुकेर देश खरानी बनाउने गेमरसँग हर्क साम्पाङ भेट्दैन! अफवाह फैलाउन छोड!’

हिजो मात्र मेयर बालेनले रवि लामिछानेले नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), कुलमान घिसिङले नेतृत्व गर्ने उज्यालो नेपाल पार्टी र पुराना दलबाट बाहिरिएका र सामाजिक अभियन्ताहरूसँग छलफल गरेका छन्।

राजनीतिक भेटघाटमा सक्रिय उनले हिजो एकै दिन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि भेटवार्ता गरेका थिए। उनले जेनजीको जिम्मा रक्षा बमलाई दिँदै आफूले गोपी हमालदेखि हर्कसम्म सैलाई मिलाउने बताएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖