• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

देउवा र सञ्चारमन्त्री बिच भेटवार्ता


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलबिच भेटवार्ता भएको छ ।

सञ्चारमन्त्री खरेल शुक्रबार बिहान देउवा निवास महाराजगन्जमा भेटका लागि पुगेका हुन् । भेटका क्रममा आसन्न चुनावका साथसाथै समसामयिक विषयमा कुराकानी भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।

आजै खरेलले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई पनि भेटेर छलफल गर्दैछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖