• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रबि र बालेन बिच आजै वारपार


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच जारी पार्टी एकता वा सहकार्यसम्बन्धी छलफल आज रातिसम्म निर्णायक टुंगोमा पुग्ने संकेत देखिएको छ।

दुवै नेताबीच पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवार अनुपातलगायत मुख्य विषयमा सहमतिको खाका तयार पार्न सहकर्मीहरू सक्रिय भएका छन् भने ७०–३० को समानुपातिक उम्मेदवार सूची प्रस्तावमाथि लचिलो छलफल भइरहेको निकट स्रोतले जनाएको छ।

स्रोतका अनुसार बालेनलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने प्रतिबद्धतामा रवि कायम छन् र यही आधारमा तत्कालै एकता वा सहकार्यको औपचारिक घोषणा हुने तयारी भइरहेको छ, जसलाई वैकल्पिक राजनीतिक शक्तिहरूबीचको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖