• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रेसम–रञ्जिता राजनीतिक मिलापः शनिवार पार्टी एकता


  • धनकुटा खबर
  • .

रेसम चौधरी दम्पतीबिच फेरि ‘राजनीतिक मिलाप हुने भएको छ। पत्नी रञ्जिता श्रेष्ठको नेतृत्वको नागरिक उन्मुक्ति पार्टी छाडेर तीन महिनाअघि मात्रै रेसमले नयाँ दल खोलेका थिए।

पत्नी रञ्जितासँग सम्बन्ध बिग्रिदै गएपछि रेसमले भदौ २९ गते कविर सोबको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी नेपाल नाम दिएर नयाँ दल खोलेका थिए। उक्त दलको संरक्षकमा आफू बसेका थिए।

तीन महिनापछि अहिले आएर पुनः दुवै दल एक ठाउँमा आउने भएका छन्। दुवै दलबिच शनिबार एकता तय भएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिताले जानकारी दिइन्। ‘मैले नै पहलकदमी गरेँ। मिल्नै प¥यो,’ रञ्जिताले भनिन्, ‘शनिवार पार्टी एकता हुन्छ।’

कविर सोब नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालले यसअघि नै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग चुनावी गठबन्धनको सहमति गरेर एउटै चुनाव चिह्नमा निर्वाचनमा भाग लिने निर्णय गरेको थियो।

त्यसबारे के हुन्छ अझै खुलिसकेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖