• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्रीको राजीनामा माग्दै जेनजीको राँके जुलुस


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै जेन–जीको एक समूहले शुक्रबार काठमाडौँको माइतीघरमा राँके जुलुस निकालेका छन्। संयुक्त जेन–जी आन्दोलनको आयोजनामा भएको जुलुसमा युवाहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए।

यसैबीच निकोलस भुसालको अनसन जारी रहेको छ। जेनजीका अगुवा अजय सोडारीले प्रहरीले पक्राउ नगरे पनि धरपकड गर्दै लखेटेको बताए। सोडारीसहित सुनिल सिंह, प्रकाश रावल, अर्जुनजंग मल्ल, सुसिल बुढाथोकी र वीरजंग विकको टोलीले राँके जुलुस निकालेको हो।

जुलुसमा सहभागीहरूले गृहमन्त्री ओमप्रकाश अर्याल र ‘हामी नेपाल’का संयोजक सुधन गुरुङविरुद्ध नाराबाजी गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖