• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रवि-बालेन बीचको एकतामा हस्ताक्षर आज


  • धनकुटा खबर
  • .

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बीचको एकतामा हस्ताक्षर आज हुने भएको छ।

शुक्रबार साँझसम्म सहमतिमा सम्झौताको तयारी गरे पनि नेताहरूको व्यस्तता र केही प्राविधिक कारणले शनिबारका लागि सरेको सहमतिको कार्यदलमा रहेका रास्वपा सचिवालय सदस्य शिशिर खनालले जानकारी दिए।

‘दुई नेता बीचको सहमतिमा शनिबार हस्ताक्षर हुन्छ’ खनालले भने,’त्यसको केहीदिन पछि घोषणा सभा हुन्छ।

अहिले सहमतिको अन्तिम खाकाको प्राविधिक काम सक्न दुवै पक्षका नेताहरू आन्तरिक गृहकार्यमा छन्। सहमतिअनुसार बालेन रास्वपाको नीति, नेतृत्व संगठन,झण्डा र निर्वाचन चिन्ह घण्टी स्वीकार गर्न तयार भएका छन्। रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने छ । रवि रास्वपाको सभापति रहने छन्।

सहमतिको लागि काम गरिरहेका नेताका अनुसार रास्वपाको प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) हुनेछन्। बालेनले रास्वपामा कुनै पनि सांगठनिक जिम्मेवारी दावी नगरेको पनि दुई पक्षको भनाई छ। तर,बालेनले जेनजी प्रतिनिधिलाई कसरी समेट्ने भनेर चासो व्यक्त्त गरिरहेका छन्।

अहिलेको रास्वपाको पदाधिकारी टिममा कुनै परिवर्तन हुने छैन। रास्वपाकातर्फबाट सहमतिको गृहकार्यका लागि उपसभापति डा.स्वर्णिम वाग्ले, सचिवालय सदस्य शिशिर खनाल र केन्द्रीय सदस्य असिम साह तथा बालेनकातर्फबाट सल्लाहकार कुमार बेन सहभागी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖