• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रवि-बालेन प्रधानमन्त्री बन्न लायक मान्छे होइनन्ः वरिष्ठ अधिवक्ता डा.भण्डारी


  • धनकुटा खबर
  • .

काठमाडौँ, १२ पुस । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले अहिले मुलुकलाई वैकल्पिक राजनीति नभएर मूलधारको राजनीति चाहिएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले मुलुकमा राजनीतिलाई अपराधीकरण गरिएको, नागरिकहरुलाई चुस्ने, कमजोर बनाउनेजस्ता किसिमको गतिविधि भइरहेको र मुलुकमा राजनीति नै नरहेको बताए । वैकल्पिक राजनीति भन्दा पनि मुलुकमा साँचो अर्थमा राजनीति चाहिएको उनको धारणा छ ।

साथै, उनले नेपालका मूलधारका भानिएका मिडियाहरुले रवि लामिछाने, बालेन शाहजस्ता मान्छेलाई वैकल्पिक राजनीतिको रुपमा लिएर गलत तरिकाले स्पेस दिइरहेको उनको टिप्पणी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बारेमा अदालतमा अनेकौं प्रश्नहरु रहेको र उनी राजनीतिका लागि लायक मान्छे नै नरहेको वरिष्ठ अधिवक्ता डा.भण्डारीको दाबी छ । लामिछानेसँग राजनीतिक चरित्र र सोच नै नरहेको, मुलुकलाई दिशा दिन नसक्ने, परिवर्तन गर्न नसक्ने बताए । लामिछाने काण्डैकाण्ड, विभिन्न आरोपैआरोप, मुदुदैमुद्दाले घेरिएको बताए ।

रास्वपा र लामिछानेसँग पुराना दलहरुमा भन्दा पनि अझ बढी सत्ता लोलुपता देखिएको वरिष्ठ अधिवक्ता डा.भण्डारीको टिप्पणी छ । रास्वपा र लामिछाने टेस्टेड भइसकेको बताउँदै उनले पुराना दलहरुमा र उनीहरुका केही पनि फरक नरहेको बताए । लामिछाने गृहमन्त्री भएको बेलामा समलिङ्गी बिबाहलाई दर्ता गर्नु भनेर सबै सीडीओ कार्यलयलाई पत्राचार गरेको, समाजालाई बिशृङ्खलित बनाउने कार्यमा लामिछाने लागेको, स्वार्थ केन्द्रीत भएर पुराना दलभन्दा पनि अझ अगाडि बढेर उनले गलत काम गरेको वरिष्ठ अधिवक्ता डा.भण्डारीको टिप्पणी छ ।

लामिछाने निर्वाचनमा उठ्न पाए पनि सांसद र प्रधानमन्त्री बन्न नपाउने भएकाले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई उनले प्रधानमन्त्रीको उम्मेदवारको रुपमा बाध्य भएर अगाडि सारेको डा.भण्डारीको भनाइ छ । त्यस्तै, बालेनलाई केही सामाजिक र बौद्धिक व्यक्तित्वहरुले लुसिफरको संज्ञा दिएको पनि उनले स्मरण गराए । आज समाजले बालेनलाई किन लुसिफर भनिरहेको छन् भनेर बुझ्न आवश्यक रहेको उनले बताए । जेन–जी आन्दोलनको क्रममा सिंहदरबार, अदालत, संसद् भवन जल्नुमा बालेनको हात रहेको कुरामा ठूलो प्रश्न उठिरहेको उनले बताए ।

‘सिंहदरबार जल्यो, सर्वोच्च अदालत जल्यो । यी सम्पूर्ण कुरामा बालेनको हात छ भन्ने कुराको ठूलो प्रश्न उठिराखेको अवस्था छ । प्रधानन्यायाधीशले नै बोल्नुभयो–काठमाडौं महानगरपालिकाबाट दम्कल आएन । मैले ललितपुर महानगरपालिकाबाट दम्कल बोलाएर आगो निभाउनुपर्यो । यो भन्दा ठूलो प्रमाण, यो भन्दा ठूलो तथ्यहरु केही पनि हुन सक्दैन । बालेनजी कुनै राजनीतिक व्यकग्राण्डको मान्छे पनि होइन । अमेरिकन युथ काउन्सिलसँग आवद्ध मान्छे हो,’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖