काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार ११ औँ महाधिवेशनपछि आइतबार बिहान ११ बजे पहिलो सचिवालय बैठक बोलाइएको हो । पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको भए पनि एजेन्डाबारे जानकारी भइनसकेको अधिकारीले बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले एमालेले उक्त सूचीबारे छलफल गर्न बोलाएको हुनसक्ने एक नेताले जानकारी दिए ।
बैठकमा नेताहरूको कार्य विभाजन लगायत आन्तरिक विषयमा समेत छलफल र निर्णय हुन सक्ने ती नेताको भनाइ छ ।
